दाङमा नेकपा एसका असन्तुष्टले गरे पार्टी परित्याग, पार्टी छोड्ने पुर्व मन्त्रीका पिएसम्म

डिसी नेपाल
५ चैत २०७९ ९:२०
236
Shares

दाङ। नेकपा एकीकृत समाजवादीका जिल्ला तहका नेताले पार्टी परित्यागकाे घोषणा गरेका छन्।

नेकपा एस दाङ–१ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मेटमणी चौधरी र जिल्ला अध्यक्ष शुरामणि बेलवासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङसहितले एस परित्याग गरेका हुन्। यसरी पार्टी परित्याग गर्नेमा चाैधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसीलगायत छन्।

यसरी पार्टी परित्याग गर्नेहरुमा मिना गुरुङ, भुमाण्डव केसी, गौरसिंह महरा, केन्द्रीय परिषद् सदस्य मिना गुरुङ, प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य तथा लमही सचिव रमेशमान रोका क्षेत्री, जिल्ला सदस्य तथा लमही उपसचिव किशन भट्टराई र जिल्ला सदस्य गौरसिंह महरा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.