१७ वटा क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

डिसी नेपाल
५ चैत २०७९ १२:४९
144
Shares

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका अन्तरगतका १७ वटा क्याम्पसमा आज स्ववियु निर्वाचन स्थगित भएको छ।

अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भइरहे पनि आन्तरिक विवादका कारण विभिन्न १७ वटा क्याम्पसमा निर्वाचन हुन नसकेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिएका छन्।

उनले भने, ‘ आज विहानैदेखि प्राय क्याम्पसमा चुनाव भइरहेको छ तर विभिन्न १७ वटा क्याम्पसमा भने आन्तरिक कारणले निर्वाचन हुन सकेको छैन् त्यहाँ पनि चाडैँ गर्ने गरी तयारी गरिएको छ।’

उनले काठमाडौंका ७ क्याम्पस, काठमाडौं बाहिर चितवनमा ३ वटा, कास्कीमा ४ वटा, भैरवा २ वटा र वीरगञ्जमा १ वटा गरि कूल १७ वटा क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको जानकारी दिए।

काठमाडौंमा २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा निर्वाचन स्थगित भएको छ।
त्यस्तै उपत्यका बाहिरका विरगञ्जमा ठाकुर राम बहुमुखि क्याम्पस, चितवनमा विरेन्द्र क्याम्पस, चितवन इन्जिनियरिङ् क्याम्पस र रामपुर कृषि क्याम्पस गरी ३ क्याम्पस रहेका छन्।

कास्कीमा पृथ्वीनारायण क्याम्पस पोखरा, पोखरा क्याम्पस वन, नर्सिङ् क्याम्पस पोखरा, इन्जिनेरिङ् क्याम्पस रहेका छन्। भैरवामा कृषि क्याम्पस र भैरवा बहुमुखि क्याम्पस रहेको छ।

स्थगित भएका क्यामपसहरुमा चैत ८ गते निर्वाचन हुने छलफलबाट तय भएको पनि अधिकारीको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.