बेदुरामलाई उपाध्यक्ष बनाएर घनश्यामलाई महासचिवको जिम्मेवारी
काठमाडौं। एकीकृत समाजवादीले महासचिव बेदुराम भुसासलाई उपाध्यक्ष बनाएर घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिएको छ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले महासचिव भुसाललाई उपाध्यक्ष बनाएर घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिइएको प्रवक्ता जनन्नाथ खतिवडाले जानकारी दिए।
गत निर्वाचनमा पार्टीले टिकट नदिएपछि एमाले छोडेका भुसाल निर्वाचनमा पराजित भएसँगै एकीकृत समाजवादी प्रवेश गरेका थिए।
साथै बैठकले उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment