जसपाले स्विकृत गर्यो उपराष्ट्रपतिको राजिनामा
काठमाडौँ। जनता समाजवादी पार्टी नेपालले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको राजिनामा स्विकृत गरेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा निर्वाचित भएको मिति चैत ३ गते देखी लागु हुने गरी राजिनामा स्विकृत गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए। उनका अनुसार उपराष्ट्रपति यादवले दिएको साधारण सदस्यसमेत नरहने गरी दिएको राजिनामा स्विकृत गरिएको हो।
जसपा नेपालको महासचिवसमेत रहेका यादव गत चैत ३ गते तेस्रो कार्यकालका उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment