उपनिर्वाचनका लागि चैत ८ देखि १२ गते भित्र दल दर्ता गराइसक्नु पर्ने

डिसी नेपाल
७ चैत २०७९ ७:१४
60
Shares

काठमाडौं। निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ।

बैशाख १० गते बारा-२ र तनहुँ-१ मा हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आह्नान गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भएपनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरे पछि चितवन-२ रिक्त हुन पुगेको थियो।

तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिदा बारा-२ रिक्त हुन पुगेको थियो। तनहुँ-२ बाट निर्वाचित रामचन्द्र पाैडेल राष्ट्रपतिमा निर्वाचित भएपछि साे स्थान रिक्त हुन पुगेकाे छ।

आयोगको सोमबारको निर्णय अनुसार रिक्त रहेका स्थानमा प्रतिनिधि सभा सदस्य चयनका आयोगले दल दर्ताका लागि समय छुट्याएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.