त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला

डिसी नेपाल
७ चैत २०७९ ८:००
808
Shares

काठमाडौं। त्रिभुवन विश्व विद्यालय नेपाल विद्यार्थी संघको अध्यक्षमा विष्णु वडैला मनोनित भएका छन्। नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले वडैलालाई नेविसंघ त्रिवि अध्यक्षमा मनोनित गरेका हुन्।

नेविसंघ त्रिवि समितिको अध्यक्ष पद रिक्त रहेकाले संगठनको विधान २०२७ को सातौं संशाेधन २०७५ बमोजित तीन महिना भित्र समितिको त्रिवि अधिवेशन सम्पन्न गर्ने गरि वडैलालाई जिम्मेवारी दिइएको उनले बताए।

उता वडैलाले संगठनले दिएको जिम्मेवारी आफूले पुरा गर्ने बताएका छन्। ‘मलाई संगठनले विश्वास गरेर जिम्मेवारी दिएको छ। म सधैँ त्रिविमा संगठन निर्माणमा क्रियाशील थिए। यो जिम्मेवारीले मलाई संगठनलाई थप गतिशील बनाउन प्रेरेरित गरेको छ’, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.