राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ?

डिसी नेपाल
८ चैत २०७९ १४:२१
232
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाको मुख थुनेको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ। नेकपा एमालेकी सांसद विमला राई पौड्यालले मंगलवार वानेश्वरको एक कार्यक्रममा नाराबाजी गर्ने युवाहरुको मुख थुनेको घटनालाई लिएर गृह मन्त्रालयको जवाफसमेत माग गरेकी छन्।

राष्ट्रिय सभाको जारी बैठकको शून्य समयमा पूर्व मन्त्रीसमेत रहेकी पौडेलले सामाजिक सञ्जालमा प्रहरीले २ युवाको मुख छोपेको फोटो आएको भन्दै किन मुख थुनिएको हो? भन्दै त्यसको जवाफ माग गरेकी हुन्।

‘प्रहरीले घाँटी न्याकेको र बोल्न खोज्नेको मुख छोपेको फोटो आएको छ। उनीहरूले के बोल्न खोजेका थिए, बोल्न पनि नपाउने ? प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ? मिल्दैन भने उनीहरूलाई कारबाही हुन्छ कि हुँदैन? गृह मन्त्रालयको जवाफ चाहन्छु’, जवाफ माग्दै राईले भनिन्।

मंगलबार नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री प्रचण्डविरुद्ध केही युवाले ‘बैंकको ब्याज मिनाहा गर,’ ‘गरिबमारा प्रचण्ड मुर्दाबाद’ भन्दै नाराबाजी गरे पछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.