साल्ट ट्रेडिङको साधरणसभा सम्पन्न, ७ जना सञ्चालक समिति चयन

डिसी नेपाल
११ चैत २०७९ ९:२१
100
Shares

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५६औँ वार्षिक साधारण सभाले सात जना सञ्चालक समिति चयन गरेको छ। शुक्रवार साँझ सम्पन्न साधारण सभाले १५ प्रतिशत लाभांस वितरण गर्नेसहित ७ जना सञ्चालक समितिसमेत चयन गरेको हो।

साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक पदमा नियुक्त गरेको छ। जसअनुसार प्रदीप लाल श्रेष्ठ, नारायण दास मानन्धर, राजेन्द्र मान शेरचन, अन्जन श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश कुमार श्रेष्ठ, शंकर प्रसाद क्षेष्ठ रहेका छन्।

यसैगरी, १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको साधारण सभाले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकमा एन अमात्य एण्ड कम्पनी चार्टर्ड एकाण्टेण्टसलाइ पुनः नियुक्ति गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.