एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने

डिसी नेपाल
११ चैत २०७९ ९:२४
368
Shares

काठमाडौं। एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ। बैंकले जारी गरेको बिज्ञप्ति अनुसार शुक्रबार राती देखि आइतबार राति १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो।

‘यस बैंकको कार्ड सेवा (डेबिट, क्रेडिट प्रिपेड) को स्विच अपग्रेशन र माइग्रेशन गर्न पर्ने भएकोले शुक्रबार राति १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम र पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने छ,’ बैंकद्वारा जारी गरिएको सूचनामा भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.