सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम गरेको हो।
शुक्रबार प्रति तोला १ लाख ९ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment