अनारको जुस तौल घटाउन हुन्छ फाइदाजनक, थाहा पाउनुहोस् यसका फाइदाहरु
काठमाडौं । फलफूल र तरकारीको जुस समग्र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसको सेवनले शरीरलाई आवश्यक भिटामिन र पोषक तत्व प्राप्त हुन्छ। यसले शरीरलाई स्वस्थ राख्न विशेष फाइदा पुर्याउने गर्दछ । अनारको जुस विभिन्न स्वास्थ्य लाभका लागि वर्षौंदेखि खपत हुँदै आएको छ। एक अध्ययनका अनुसार १ सय ७४ ग्राम अनारको दाना सेवन गर्दा ७ ग्राम फाइबर, ३ ग्राम प्रोटिन, भिटामिन सी आरडिआई ३० प्रतिशत, भिटामिन के आरडीआई ३६ प्रतिशत, फोलेट आरडीआई १६ प्रतशत, पोटाशियम आरडीआई १२ प्रतिशत पाइन्छ।
अनारको जुसले शरीरमा हेमोग्लोबिनको स्तर ठीक गर्न, रक्तअल्पताको उपचार गर्न, शरीरलाई ऊर्जा प्रदान गर्न र पाचनलाई स्वस्थ राख्न मद्दत गर्ने विश्वास गरिन्छ।
के अनारको जुस तौल घटाउन फाइदाजनक हुन्छ ? तपाईको मनमा यो प्रश्न उठिरहेको छ आहारविद्हरुका अनुसार मानिसहरूलाई वजन घटाउन आहारमा अनारको जुस समावेश गर्न सल्लाह दिइन्छ।
आउनुहोस् अनारको जुसका फाइदाहरूका बारे जान्नुहोस्।
वजन कम गर्न अनारको रसः स्वास्थ्य विज्ञहरूका अनुसार अनारको जुस प्रोटिन, फाइबर, क्याल्सियम, म्याग्नेसियम जस्ता धेरै पोषक तत्वहरूको राम्रो स्रोत हो। यी सबै पोषक तत्वहरूले चयापचय र पाचन कायम राख्न मद्दत गर्दछ, जसले वजन घटाउन मद्दत गर्दछ। यसमा धेरै क्यालोरी नहुने भएकाले यसको सेवनले शरीरलाई आवश्यक पोषक तत्व मात्र उपलब्ध गराउँदैन तर तौल बढ्ने जोखिमलाई पनि कम गर्छ।
पाचन स्वास्थ्य र मेटाबोलिज्म ठीक रहन्छः अनार पाचन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। यसमा फाइबरको मात्रा पाइन्छ जसले पाचनलाई स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययनका अनुसार अनारमा एन्टी–इन्फ्लेमेटरी र एन्टी–कार्सिनोजेनिक प्रभावहरू हुन्छन्, जसले स्वस्थ पेट कायम राख्न र राम्रो पाचन सुनिश्चित गर्न मद्दत गर्दछ। मेटाबोलिजम ठीक राखेर पाचन र तौलका लागि पनि फाइदाजनक हुन्छ ।
यसको एन्टी–इन्फ्लेमेटरी गुणले यसलाई विशेष बनाउँछः अनारमा प्रभावकारी एन्टिअक्सिडेन्ट र एन्टि–इन्फ्लेमेटरी गुण हुन्छ जसलाई पोलिफेनोल भनिन्छ। एयथिउजभलयकि शरीरमा विभिन्न प्रकारका अवस्थाहरूको उपचारको लागि प्रभावकारी भएको पाइन्छ। अन्वेषकहरूका अनुसार यूरिक एसिड, मेटाबोलिक र हृदय रोगको उपचारमा प्रभावकारी हुने बताइएको छ ।
अनारको रसको अन्य स्वास्थ्य लाभहरूः अनार धेरै प्रभावकारी पोषक तत्वहरूको खजाना हो, जसको सेवनले शरीरलाई धेरै फाइदा पुर्याउँछ। यसमा भएको एन्टिअक्सिडेन्ट पोलिफेनोल्स प्रचुर मात्रामा पाइन्छ। जुन शक्तिशाली एन्टिअक्सिडेन्ट हो ।
–यसले क्यान्सर रोकथाममा फाइदा गर्छ ।
–अल्जाइमर रोगको जोखिम कम हुन्छ।
–पाचन स्वस्थ रहन्छ र शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ।
–यूरिक एसिडमा फाइदाजनक हुन्छ ।
–मुटुरोगीहरुको स्वास्थ्यमा सुधार हुन्छ ।







डिसी नेपाल








Facebook Comment