मेलवर्नमा पनि मनाइयो चैते दशैं

डिसी नेपाल
१८ चैत २०७९ १७:१३
656
Shares

मेलवर्न। मेलवर्नमा पहिलो पटक बिधिपूर्वक गरिनुपर्ने संपूर्ण बिधि पुरा गरी चैते दशैं मनाइएको छ। अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरको आयोजनामा यो चैते दशैं मनाइएको हो।

कार्यक्रममा बिधिपूर्वक पूजा, भगवान रामको बिषयमा प्रवचन, भजन किर्तन, नाचगान गर्नुका साथै नयाँ आजीवन सदस्यको रुपमा आएका पंकज शाहलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा जन सम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष बिनित शर्मा, मेल्टन नेप्लिज कम्युनिटिका अध्यक्ष दिनेश सुवेदी, दिदीबहिनी समाज भिक्टोरियाका प्रभा श्रेष्ठ र शोभा पौडेल, सेन्टरका सचिव डा तिलक पोखरेल, सहकोषाध्यक्ष अनन्त पौडेल लगायतको उपस्थिति रहेको थियो।

अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरले आफ्नो मूल उद्धेश्य प्राप्तीको लागि १०० डनकान्स लेन, डिग्गर्स रेस्टमा ४ कोठा सहितको घर भएको करीब १५ एकर (६.०७ हेक्टर) जग्गा किनिसकेको छ।

हाल उक्त भवनलाई अस्ट्रेलियन सरकारद्धारा प्राप्त आर्थिक सहयोगमा मर्मत सम्भार गरी मूल उद्धेश्य प्राप्त नहुन्जेलसम्मको लागि मन्दिरको रुपमा प्रयोग गर्न मिल्ने गरी काम भैरहेको छ।

 

आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई आफ्नो पुस्तामा कायम राख्दै भावी पुस्तामा समेत यसलाई निरन्तरता दिनका लागि अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्रको रुपमा पशुपतिना मन्दिर र बौद्ध स्तुपा सहितको बहुसाँस्कृतिक केन्द्र बनाउने अभिप्रायले सेन्टरले यस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.