रबि लामिछाने चितवनमा उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहु पुग्ने

डिसी नेपाल
२० चैत २०७९ ७:००
232
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफनो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएर तनुहँ जाने भएका छन्।

सो पार्टीका केन्द्रीय सदस्य दिपक बोहोराका अनुसार सभापति लामिछाने चितवन-२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँ-२ हुने मनोयन दर्ताका लागि पुग्नेछन्।

उनका अनुसार चैत्र २० गते बिहान ९ बजे भरतपुर महानगर-११ विशाल चोक राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यालयमा भेला हुने र त्यहाँबाट ९ः३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १० बजे मनोनयन दर्ता गर्ने समय तालिका रहेको छ।

‘त्यस पछि २ बजे सभापति तनहुको दमौलिमा पुगेर स्वर्णिम वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रममा सहभागी हुने तालिका रहेको छ,’ उनले भने। उनका अनुसार बारा-२ मा रमेश खरेलको उम्मेदवारी मनोनयन दर्ता गर्नका लागि भने पार्टी उपसभापति डिपी अर्याल बारा जानेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.