सत्तारुढ गठबन्धनमा आबद्ध उन्मुक्तिले तीनवटै निर्वाचन क्षेत्रमा अलग्गै उम्मेदवारी दर्ता गराउने
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले आगमी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ।
सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो।
सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा-२ मा रामचन्द्र चौधरी, चितवन-२ मा राजेश अधिकारी र तनहुँ-१ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र सोमवार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ। नागरिक उन्मुक्ति पार्टी सरकारमा पनि सहभागी छ।
आज बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment