यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२० चैत २०७९ ८:४५

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७७ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ८० पैसा र बिक्रीदर १६२ रुपैयाँ ५४ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७० पैसा र बिक्रीमा ८८ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ०५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४९ पैसामा कारोबार भइरहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ८८ पैसा र विक्रीमा ९ रुपैयाँ ९२ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा रहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा, मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ७३ पैसा र बिक्रीमा २९ रुपैयाँ ८६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *