२८ चैतदेखि दोल्ती पावर कम्पनीको आईपीओ आउँदै

डिसी नेपाल
२० चैत २०७९ ९:५६

काठमाडौँ। दोल्ती पावर कम्पनीको आईपीओ चैत २८ गतेदेखि आउने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा  १० लाख ७२ हजार ९७२ कित्ता जारी गर्न लागेको हो।

कम्पनीले जारी गर्ने आईपीओमध्ये १ लाख ७ हजार २९८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ। बाँकी सेयरमध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यसमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ। यस सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन पाउनेछन्।

यसमा आईपीओमा लगानिकताले वैशाख ३ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा वैशाख १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबा अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *