सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२० चैत २०७९ १०:४४
208
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम गरेको हो।

आइतबार प्रति तोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको हो।आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *