नेप्से परिसूचक १६.९१ अंकले घट्यो, ९१ करोड ५१ लाखको कारोबार

डिसी नेपाल
२० चैत २०७९ १५:१२

काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ। सोमबार नेप्से परिसूचक १६.९१ अंकले घटेर १८७१.६३ विन्दुमा आएर अडिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले घटेर ३५२.६४ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको २८ लाख १२ हजार ९९० कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड ५१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नबिल बैंक अग्रिम स्थानमा छ। यसको आज ३ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंकको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसूचक राताम्मे भएको छ। आजको कारोबारमा कालिनचोक दर्शन र महुली लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, प्रभु बैंक ऋणपत्र र एशियन हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *