तनहुँ-१ मा स्वर्णिम वाग्लेले गरे उम्मेदवारी दर्ता

डिसी नेपाल
२० चैत २०७९ १६:४९
1.4k
Shares

तनहुँ। आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ। बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो।

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ। तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन्। उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन्।

तनहुँ–१ मा कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल, नेमकिपाका रामप्रसाद प्रजापती र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.