अर्थतन्त्र सुधारको प्रयासदेखि राहदानी वितरण सहजसम्म (पूर्णपाठ)
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको मंगलबार सय दिनमा पूरा हुँदैछ।
‘हनिमुन पिरियड’ पनि भनिने यस अवधिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोश्रो पटकसम्म विश्वासको मत प्राप्त गरेका छन्।
यस अवधिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ३७ वटा महत्वपूर्ण कार्यहरू र प्रमुख उपलब्धिहरूको प्राप्त गरेका छन्।
उनको सरकारले प्राप्त गरेको उपलब्धीहरूको सारसंक्षेप उनको निजी सचिवालयले प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरेको हो।
उपलब्धीहरूमा अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भएको, सेवाग्राहीको भिड हुने कार्यालयको सेवामा सुधार आएको लगायतका विषय समावेश छन्।
राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वितरणको प्रक्रिया विगतमा भन्दा छिटो भएको १०० दिने सरकारको उपलब्धीमा राखिएको छ।
जनताका आशा, अपेक्षा र विश्वासलाई यथाशीघ्र मूर्त रूप दिन सरकार क्रियाशील रहेको भन्दै सबै राजनैतिक नेतृत्व तथा सार्वजनिक प्रशासकहरूमा विकासमैत्री, सेवाग्राहीमैत्री र लगानीमैत्री मानसिकता विकास गर्न आवश्यक देखिएको उपलब्धीमा उल्लेख गरिएको छ।
यस्तो छ पूर्णपाठ







डिसी नेपाल







Facebook Comment