कर छलि र अवैध गतिविधि रोक्न अर्थमन्त्री र गृहमन्त्रीबीच छलफल
काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्न निर्मम ढंगले अघि बढ्ने बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा श्रेष्ठले सीमा क्षेत्रमा देखिएको अवैध गतिविधि रोक्नका सरकार निर्मम ढंगले अघि बढ्ने र कुनै दबाव बिना काम गर्न निर्देशन दिए।
अवैध गतिविधि रोक्न सवैले आफ्नो ठाउबाट योगदान गर्न जरुरी रहेको र गृह मन्त्रालयको सवै संयन्त्रलाइ परिचालन गरिने उनले बताए।
त्यस्तै अर्थमन्त्री डा प्रकाशशरण महतले कर छलि हुन थालेको र राजस्वको दायरा घट्दै गएको पाइएकाले यसमा मन्त्रालय गम्भीर भएर अघि बढ्ने बताए। उनले कर आतंक गर्ने योजना नरहेको भन्दै कर छलि गरेको पाइए कुनै कम्परमाइज नगर्ने स्पष्ट पारे।
बैठकमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक लगाएत सहभागी थिए।







डिसी नेपाल







Facebook Comment