ह्वात्तै बढ्यो सुनको मूल्य

डिसी नेपाल
२१ चैत २०७९ १०:४२
12.5k
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम गरेको हो।

सोमबार प्रति तोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *