दुई कम्पनीको १० लाख ८८ हजार ६४०.८५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
२१ चैत २०७९ १२:०७

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको १० लाख ८८ हजार ६४०.८५ कित्ता बोनस सेयर सूचिकृत भएको छ। आईएमई जनरल इन्स्योरेन्स र  विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको हो।

आईएमई जनरल इन्स्योरेन्सको १० लाख  २० हजार ९९०.८५ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

यस्तै, विन नेपाल लघुवित्त को ९.३३ प्रतिशतले हुन आउने ६७ हजार ६५० कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९  को मुनाफाबाट ९.३३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *