तावाको सट्टा सिधै आगोमा पकाएको रोटी स्वास्थ्यका लागि हानिकारक

डिसी नेपाल
२६ चैत २०७९ ६:४८
2.9k
Shares

काठमाडौं। कतिपयले तावाको सट्टा सिधै ग्यासको आगोमा रोटी पकाउन थाल्छन्। वास्तवमा ग्यासमा रोस्ट गरेपछि खान राम्राे र फुलेकाे देखिन्छ अनि एकको सट्टा दुईवटा रोटी खाइन्छ। त्यसैले अधिकांश गृहिणीहरूले रोटी पकाउने यो विधि अपनाउने गर्छन्।

तर स्वाद कहिलेकाहीँ स्वास्थ्य भन्दा बढी हुन्छ। यसरी रोटी पकाउँदा शरीरलाई हानी हुन्छ।
आजको लेखमा हामी तपाईंलाई त्यसैको बारेमा बताउन गइरहेका छौं, ताकि तपाईंले रोटी पकाउने तरिका परिवर्तन गर्न सक्नुहुन्छ। किनकी, यस्तो रोटी खाँदा तपाईको मात्र होइन सम्पूर्ण परिवारको स्वास्थ्य बिग्रन्छ।

जर्नल इन्भाइरोमेन्टल साइन्स एन्ड टेक्नोलोजीमा प्रकाशित हालैको अनुसन्धानका अनुसार यसरी रोटी पकाउँदा वायु प्रदूषक निस्कन्छ, जसलाई डब्लुएचओले हानिकारक मानेको छ। ती प्रदूषक हावाको नाम कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड हो।

उता, फुड स्ट्यान्डर्ड अष्ट्रेलिया र न्यूजील्याण्डका वैज्ञानिक डा. पल ब्रेन्टद्वारा २०११ मा प्रकाशित अनुसन्धानले ‘प्रत्यक्ष आगोमा पकाउँदा क्यान्सरजन्य रसायनहरू उत्सर्जन हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ’ भनि उल्लेख गरेका छन्।

सिधै आगोमा पकाएको रोटीले स्वास्थ्यलाई हानि पुर्‍याउँछ भन्ने अहिले नै पूर्ण रूपमा भन्न सकिन्न। यस विषयमा अझै अनुसन्धान आवश्यक छ। तर, अहिलेसम्मको अनुसन्धानलाई हेर्दा यसरी रोटी पकाउँदा स्वास्थ्यलाई हानि पुरयाउन सक्छ, त्यसैले तावामा नै रोटी पकाउने प्रयास गर्नुहोस्।

तस्विरमा देखिए झैं तरिकावाट रोटी नपकाउन स्वास्थ्य बिज्ञहरूको सल्लाह छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.