कांग्रेसका कार्यकर्ता एक ढिक्का हुनुपर्छः शेखर कोइराला
मोरङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान अवस्थामा नेकांका नेता एवं कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताएका छन्।
कांग्रेस मोरङद्वारा आज आयोजित नववर्ष २०८० को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रजातान्त्रिक पार्टीभित्र रहेको विगतका तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकर्ता एवं नेतृत्वले बिर्सी एक ढिक्का भएको विचार राखे।
नेता डा कोइरालाले कांग्रेसका कार्यताले आगामी दिनमा बहुमत सरकारको निर्माण गर्ने उद्देश्यले आगाडि बढ्नसमेत आग्रह गरे। उनले वर्तमान उपनिर्वाचनमा कांग्रेसका दुई उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिँदै कार्यकर्ताले ‘साथीलाई होइन पार्टीलाई’ आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरे।
कांग्रेसका पूर्व उपाध्यक्ष विजयकुमार गच्छदारले कानुनी राज्य, संसदीय प्रजातन्त्रलाई स्थायित्व र राजनीतिकस्थिरता कायमका लागि नकांको काँधमा ठूलो जिम्मेवारी रहेको बताए।
उनले लामो इतिहास बोकेको कांग्रेससमक्ष रहेको विभिन्न प्रकारका चुनौती समाधान लागि वर्तमान अवस्थामा युवा पिँढीको साथमा सहयोग आवश्यक रहेको विचार व्यक्त गरे।







डिसी नेपाल








Facebook Comment