एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आजै सपथ
काठमाडौं। निर्वाचन आचारसंहितकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न भारत भ्रमणलाई सहज बनाउन आज परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
नेपाली कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयमा एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन्। उनले आजै सपथ लिने बताइएको छ। साउदले आज दिउँसो तीन बजे परराष्ट्रमन्त्रीको सपथ लिने बताइएको छ।
मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको हो।
सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो।
परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ। कांग्रेसको भागका अन्य चार मन्त्रीको शपथग्रहण भने उपचुनावपछि हुने बताइएको छ।







डिसी नेपाल







Facebook Comment