भीम रावलसँग एमालेको वार्ता टोलीको छलफल जारी

डिसी नेपाल
३ वैशाख २०८० १४:१८
1.4k
Shares

काठमाडौं । नेकपा(एमाले)को भीम रावलसँग वार्ता गर्न गठित समितिले छलफल थालेको छ । एमालेको वार्ता टोली र रावलबीच अहिले केन्द्रीय कार्यालय च्यासलमा वार्ता जारी छ ।

एमालेको वार्ताटोली र रावलबीच जारी वार्तामा रावलका असन्तुष्टिको सम्बोधन गर्नेगरि दुबै पक्षबीच छलफल भइरहेको एमालेका एक नेताले बताए ।

एमालेको चितवनमा भएकाे दशौें महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएर पराजय व्यहोरेका रावल त्यसयता पार्टीको उचित जिम्मेवारी पाएका छैनन्।

एमालेले सल्लाहकार समितिको सदस्यमा मनोनित गरेपनि रावलले सार्वजनिक रुपमा उक्त पद अस्वीकार गर्दै आएका छन् ।

रावलको असन्तुष्टिको सम्बोधान गर्ने भन्दै एमालेले उपाध्यक्ष विष्णु पौडलेका संयोजकत्वमा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट र कर्णबहादुर थापा सदस्य रहेको तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

सोही वार्ता टोलीले रावलसँग औपचारिक रुपमा वार्ता थालेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.