पदभार ग्रहण गर्दै पराराष्ट्रमन्त्री साउद भने- छिमेकी देशसँगको सम्बन्धलाई प्रगाढ बनाउँछु

डिसी नेपाल
३ वैशाख २०८० १७:०३
120
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गरेका छन्।

आइतबार नवनियुक्त परराष्ट्रमन्त्री साउदले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन्। सपथ ग्रहणपछि मन्त्री साउदले आइतबार नै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण गर्दै मन्त्री साउदले छिमेकी लगायत विश्वभरकै देशसँगको सम्बन्धलाई प्रगाढ बनाउदै लैजाने बताए। उहाले प्रधानमन्त्रीको भारत भ्रमणका बिषय लगायतका बिषयमा सचिवहरुसँग जानकारी लिने बताए।

साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी नेकपा एकीकृत समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य नन्दा चापाईले पनि आइतबार नै पद तथा गोपिनीयताको सपथ लिएकी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.