प्रदेश संरचना आवश्यक छैन, देश टाट पल्टाउने सेतो हात्ती पाल्नुहुन्नः कमल थापा

डिसी नेपाल
३ वैशाख २०८० २१:१९
120
Shares

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले डरलाग्दो रुपमा धरासायी हुने तर्फ गइरहेको मुलुकको आर्थिक अवस्थाप्रति सत्तासिन दलहरु उदासिन भएको आरोप लगाएका छन्।
गम्भीर रुपमा बहस र छलफल हुनुपर्ने विषयमा भन्दा सत्ता केन्द्रित फोहोरी खेलमा मात्र दलहरु लिप्त हुनु दुर्भाग्यपूर्ण भएको थापाको ठहर छ।

आइतबार केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो आरोप लगाएका हुन्। प्रदेश संरचना आर्थिक रुपमा खर्चिलो र बोझ भएको भन्दै यस्तो सेतो हात्ती मुलुकलाई आवश्यक नभएको उनको जिकिर छ।

थापाले भने, ‘मुलुकलाई विदेशीले ऋण पनि नपत्याउने स्थिति छ, तलब भत्ता खान ऋण लिनुपर्ने भयो, यस्तो अवस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुँदैन, खारेज गर्नुपर्छ।’

मुलुकमा सबै क्षेत्रमा बेथिति र विसङ्गति हाबी भएको भन्दै थापाले सस्तो लोकप्रियता र ताली भन्दा यथार्थमा गएर मुलुकको चुनौती समाधान गर्न सबै राष्ट्रवादी प्रजातान्त्रिक र हिन्दुवादी शक्ति एक हुनुपर्नेमा थापाले जोड दिए।

पार्टीलाई स्थापित गर्न धैर्यता, मेहनत र सक्रियताको आवश्यकता भएकोले उच्च मनोबलसहित संगठन केन्द्रित हुनुपर्नेमा थापाले जोड दिए।

बैठकमा महामन्त्री त्रय भाष्कर भद्रा, सुशील श्रेष्ठ र राजाराम बर्तौलाले सचिवालय, प्रशिक्षण र संगठनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए भने जिल्ला अध्यक्षहरुले जिल्लाको वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.