ओलीलाई भेट्न प्रचण्ड, देउवा र सभामुख घिमिरे बालकोटमा

डिसी नेपाल
४ वैशाख २०८० १०:५८
484
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्।

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा भने एउटै गाडी चढेर ओली निवास बालकोट पुगेका हुन्।

भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न उनीहरु बालकोटस्थित ओली निवास गएका हुन्।

नेताहरूबीच बालकाेटमा संसदमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गर्ने बताइएकाे छ। छलफलका लागि तीन प्रमुख दलका सचेतकहरुपनि बालकोट पुगेका छन्।

सरकारले संसदमा ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेको छ। सोही विधेयक सदनमा सर्वसम्मत टुंगो लगाएर द्वन्द्वकालीन मुद्दालाई किनारा लगाउने उद्देश्यले प्रधानमन्त्रीले सभामुखसहित प्रतिपक्षी एमालेसँग सहमति जुटाउन गृहकार्य गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.