नयाँ संविधान आए पनि संस्कृतिमा पुरानो जरा कायमै छ : मन्त्री किराती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ संविधान आए पनि संस्कृतिमा पुरानो जरा कायम रहेको टिप्पणी गरेका छन् ।
सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३९ औ प्राज्ञ सभा समुद्घाटन कार्यक्रममा मन्त्री किरातीले राजनीति व्यवस्था फेरियो, संविधान नयाँ आयो तर संस्कृतिले पुरानै जरा कायम गरेको बताए ।
उनले भने, ‘अहिले हामी यस्तो परिस्थितिमा छाँै । राजनितिक व्यवस्था फेरिएको छ । संविधान नयाँ आएको छ । हाम्रो संस्कृतिमा पुरानो जरा कायम छ । नयाँ संस्कृती जन्मन प्रसव पिडा समाजले खेपिरहेको छ । त्यो सँघारमा हामी छौ । आज हामी युगीन परिस्थितिमा छौँ । हामी व्यक्तिको परीक्षामा छैनौँ । हामी युग र व्यवस्था फेल हुने परिस्थितिमा छौँ ।’
उनले आफु आम व्यक्तिको संरक्षक भएको नाताले युगिन परीक्षामा रहेको बताए । पशुपति क्षेत्र विकास कोषमा परीक्षण गर्दा मालामा , दाउरामा , लाशमा भ्रष्ट्राचार र ठेक्कामा कमिसन, दोहोरो संस्थामा सुविधा, पशुपति विकास कोष भित्र सुविधा मात्र नभइ दादागिरि हुने गरेको पाएको उनको भनाई छ ।







डिसी नेपाल








Facebook Comment