उच्च कोलेस्ट्रोलमा एक पोटि लसुनले गर्छ यस्तो फाइदा

डिसी नेपाल
५ वैशाख २०८० ११:२८
10.1k
Shares

काठमाडौं । लसुनले हाम्रो खानामा स्वाद बढाउने काम गर्छ । परापूर्वकालदेखि नै लसुन पकवान र औषधीको रूपमा प्रयोग हुँदै आएको छ। लसुनका पोटिहरू मिलेर बनेको दानो यसको बिरुवाको सबैभन्दा बढी प्रयोग हुने भाग हो भने पातसमेत प्रयोग हुन्छ। लसुनका पोटिहरू काँचो वा पकाएर खाइन्छ वा औषधिको रूपमा प्रयोग गरिन्छ।

एक अध्ययनका अनुसार लसुनको एक पोटि नै मुटुका बिरामीका लागि धेरै नै फाइदाजनक हुने बताएको छ। यसले रक्तनलीलाई भित्रबाट सफा गर्ने काम मात्र गर्दैन, यसले शरीरमा रक्तसञ्चारको लागि बाटो पनि दिन्छ। लसुन सेवन गर्दा शरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरू समेत प्राप्त हुन्छ ।

कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरूका लागि लसुन संजिवनी बुटी सरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नसा भित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्यामा समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ ।

लसुनमा सल्फरको ३३ वटा यौगिकहरू छन्। पबमेड सेन्ट्रलको यस अनुसन्धानका अनुसार लसुनमा लगभग ३३ वटा सल्फर यौगिकहरू जस्तै एलिन, एलिसिन, अजिन, एलिलप्रोपाइल डाइसल्फाइड, डायलिल ट्राइसल्फाइड, सालिलसिस्टीन, भिनिल्डिथिन्स, एस(अलिल्मरक्याप्टोसिस्टीन र अन्य धेरै इन्जाइमहरू हुन्छन्। ती सबैले शरीरमा विभिन्न तरिकाले काम गर्छन्। यसका अलावा लसुनमा १७ एमिनो एसिड हुन्छ जसले शरीरका लागि विभिन्न तरिकाले काम गर्छ । यसका साथै यसमा रहेको खनिज सेलेनियम, जर्मेनियम र टेलुरियमले तन्तु र मांसपेशीलाई स्वस्थ राख्छ।

यी यौगिकहरू डीएनए बनाउन र मर्मत गर्न मद्दत गर्दछ। यसबाहेक, यसले शरीरलाई खानाको मेटाबोलिज्ममा मद्दत गर्छ र बोसो जम्मा हुनबाट रोक्छ। यस बाहेक यसमा हुने एन्टी इन्फ्लेमेटरी गुण हड्डीलाई स्वस्थ राख्न सहयोगी हुन्छ ।

उच्च कोलेस्ट्रोलमा लसुन खानुका फाइदाहरूः

लसुनको सल्फरले उच्च कोलेस्ट्रोलमा रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ। एक अनुसन्धानका अनुसार २० ग्राम लसुन र १ चम्चा कागतीको रस सेवन गर्नाले रगतमा कोलेस्ट्रोलको मात्रा र रक्तचाप कम हुन्छ भनिएको छ । यसले नसाहरू मात्र सफा गर्दैन तर खराब फ्याट लिपिड कम गर्न पनि मद्दत गर्दछ। त्यसैले, उच्च कोलेस्ट्रोल कम गर्न, तपाईंले लसुनको एक पोटि दैनिक उपभोग गर्नुपर्छ।

लसुनका अन्य फाइदाहरुः

कान दुख्ने, पिप आउने, खटिरा आदि भएमाः ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ पोटि लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान बेलुका ४–४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।

घाँटी बसेमाः एक–दुई पोटि लसुन चपाएर मन तातो पानीमा निलेमा पनि घाँटी बसेको ठीक हुन्छ ।

दाद आएमाः घ्यू कुमारी र लसुन पिनेर लेप दाद आएको ठाउँमा दैनिक पिनेर लगाउँदा चाडैं नै ठिक हुन्छ ।

काला ज्वरो आएमाः दतिउनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिस्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुई–दुई गोली बिहान, दिउँसो, बेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.