एकीकृत समाजवादीले संगठन सुदृढिकरण अभियान दुई महिना थप गर्ने

डिसी नेपाल
५ वैशाख २०८० १३:१५
32
Shares

काठमाडाैं। नेकपा एकीकृत समाजवादीले संगठन सुदृढिकरण विशेष अभियान दुई महिना थप गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको सचिवालय बैठकले संगठन सुदृढिकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्म रहने गरी २ महिनालाई थप गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

सचिवालयको निर्णय अनुसार पार्टी संगठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरी अघि बढ्ने उनले बताए।

बैठकमा वैशाख ९ र १० गते मनाउने नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको तयारीका बिषयमा छलफल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.