मिटरब्याज पीडितको माग पुरा नगरे आन्दोलनको अग्रमोर्चामा उभिने राप्रपाको चेतावनी
काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडितमाथि प्रहरी प्रशासनले आक्रमण गरेको भन्दै निन्दा र भत्र्सना गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा लिङ्देनले ब्याज पीडितको मागलाई समयमा नै सम्बोधन गर्नुपर्ने माग समेत गरे। तराई–मधेसका विभिन्न जिल्लामा हरुवा चरुवाले उठाउँदै आएका माग सम्बोधन गर्न लिङ्देनले आग्रह गरे।
उनले सरकारले उनीहरुको माग पुरा नगरे राप्रपा आन्दोलनको अग्रमोर्चामा उभिने चेतावनी दिए।
त्यस्तै सांसद प्रेम सुवालले मिटर ब्याज पीडितमाथि सोमबार भएको आक्रमणबारे प्रधानमन्त्री र गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले खेतीयोग्य जमिन बाटोलाई आधार बनाएर मूल्याङ्कन गरिँदा नागरिकले राजश्वसमेत तिर्न नसक्ने अवस्था आएको भन्दै यसमा सरकारले बिशेष ध्यान दिनुपर्ने बताए।







डिसी नेपाल








Facebook Comment