डेड स्किन हटाउन घरमै बनाउनुहोस् यो प्रभावकारी स्क्रब

डिसी नेपाल
१० वैशाख २०८० १२:२९
528
Shares

काठमाडौं । छालामा धेरै तहहरू छन्। यी तहहरूमा कोशिकाहरू निरन्तर बनिरहन्छन् र नष्ट हुन्छन्। कहिलेकाहीँ छालाको माथिल्लो तहमा मृत कोशिकाहरू जम्मा हुन्छन्, जसका कारण अनुहार निलो देखिन थाल्छ। मृत कोशिकाहरू प्राकृतिक रूपमा घटे पनि बढ्दो प्रदूषण, रासायनिक पदार्थको प्रयोगले यो प्रक्रिया सुस्त हुन्छ। छालाको मृत कोशिकाहरू हटाउन नियमित स्क्रबिङ गर्न सक्नुहुन्छ।

मृत छालाबाट यसरी पाउनुहोस् छुटकारा:

–कफीको प्रयोग गर्नुहोस्
कफीलाई एक्सफोलिएटरको रूपमा प्रयोग गर्न सकिन्छ किनभने यसमा फ्लाभानोल्स हुन्छ जसले मृत छालालाई हटाउने काम गर्दछ । जसले गर्दा तपाईको अनुहारको छाला कोमल र चम्किलो देखिने गर्दछ ।

कफीबाट स्क्रब बनाउनका लागि एक कटोरामा तीन चम्चा कफी पाउडर, एक चम्चा जैतून वा बदामको तेल, एक चम्चा मह र एक चम्चा चिनी मिसाउनुहोस्। सबै कुराहरुलाई मज्जा संग मिक्स् गर्नुहोस् र अुनहारमा लगाउनुहोस् । यो पेस्ट लगाउँदा अनुहारमा मालिस गर्नुहोस्। पाँचदेखि दस मिनेटपछि मनतातो पानीले धुनुहोस्।

–सुन्तलाको बोक्राको धुलो
सुन्तलाको बोक्रा पाउडर उत्कृष्ट एक्सफोलिएटरको रूपमा काम गर्दछ। यसले पनि तपाईको मृत अनुहारको छालालाई हटाउने काम गर्दछ ।

सुन्तलाको बोक्रालाई घाममा सुकाएर पिसेर एयर टाइट बक्समा राख्नुहोस्। यस पाउडरलाई दहीमा बराबर मात्रामा मिलाउनुहोस्। यसलाई अनुहार र गर्दनमा लगाउनुहोस् र लगभग बीस मिनेटको लागि छोड्नुहोस्। त्यसपछि भिजेको हातले बिस्तारै गोलाकार मोसनमा पेस्ट रगड्नुहोस् र मृत छालाबाट छुटकारा पाउनुहोस्।

–चिनी र जैतूनको तेल स्क्रब
आधा कप चिनी र दुई चम्चा एक्स्ट्रा–भर्जिन ओलिभ आयल मिलाउनुहोस्। त्यसमा दुई चम्चा मह र अलिकति कागतीको रस मिसाउनुहोस् । अनुहारको छालामा लगाउनुहोस् र त्यसपछि यसलाई केही मिनेटको लागि गोलाकार गतिमा रगडेर छोड्नुहोस्। ५ मिनेट पछि मन तातो पानीले अनुहार धुनुहोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.