अयोग्य पूर्वलडाकुलाई पैसा बाँड्ने काम स्वीकार्य छैन : डा.शेखर कोइराला

डिसी नेपाल
१४ वैशाख २०८० १०:३४
1.1k
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले माओवादी पूर्वलडाकुलाई राहत रकम दिने तयारीको विरोध गरेका छन्।

उनले माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरेर रोक्न अपील पनि गरेका हुन्।

उनले सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने भन्दै विरोध गरेका छन्।

उनले लेखेका छन्, ‘ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन।’

विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसकेको र द्वन्द्वकालीन समस्या समाधान लम्बिएको उल्लेख गर्दै उनले पूर्वलडाकुलाई राहत रकम दिने निर्णय रोक्नुपर्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.