लुम्बिनीमा आठ राजनीतिक दलले कांग्रेसका चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै
दाङ। लुम्बिनी प्रदेशमा आठ राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्दै दावी पेश गरिँदैछ। दिउँसो ४ बजे सम्म बहुमतको सरकारको लागि दावी पेश गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो।
सोही बमोजिम नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहित ८ राजनीतिक दल सहित ५३ जना सांसदको हस्ताक्षर बुझाउने तयारी गरिएको कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिए।
प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को ३ अनुसार एमालेले आफ्नो नेतृत्वमा अल्पमतको सरकार बनाउने तयारी थालेको थियो। तर प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बहुमतको सरकार गठन हुन थालेको हो।
प्रदेशमा ८७ जना सांसद रहेका छन्। जसमा सबैभन्दा ठूलो दल एमाले हो। ठूलो दलको हैसियतमा आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने माग गर्दै एमालले प्रदेश प्रमुख शेरचनलाई ज्ञापन पत्र बुझाएको थियो। उता ८ दलले नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ जना सांसदहरूको हस्ताक्षर चैत १२ मै बुझाइसकेका छन्।







डिसी नेपाल








Facebook Comment