नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

डिसी नेपाल
१५ वैशाख २०८० १२:१५
344
Shares

काठमाडौँ। उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुक्रबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

१० वैशाखमा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन-२ बाट लामिछाने र तनहुँ-१ बाट वाग्ले निर्वाचित भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.