गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ, तीन सदस्यीय मन्त्रिमण्डल गठन

डिसी नेपाल
१५ वैशाख २०८० १२:५२
316
Shares

पोखरा  । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट उनलाई पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नवनियुक्त मुख्यमन्त्री पाण्डेले सत्तारुढ घटक माओवादीबाट सुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्याललाई मन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका छन् । उनीहरूको मन्त्रालय भने तोकिएको छैन ।

बिहीबार कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.