छोटो अवधीमा मोटोपन घटाउन चाहनुहुन्छ ? यस्तो छ सरल काइदा
काठमाडाैं। महिलामा तौल बढ्नु एक समस्या बनिरहेको हुन्छ। खासगरी, गृहणी महिला आफ्नो बढेको तौलका कारण हैरान भइरहेका हुन्छन्।
किनकी कामकाजी महिला आफ्नो तौललाई सन्तुलनमा राखिरहेका हुन्छन्। तर गृहणी महिला घरायासी काममा ब्यस्त रहनु पर्ने भएकाले आफनो बढेको तौललाई सन्तुलनमा राख्न सकिरहेका हुँदैनन्।
उनीहरु तौल सन्तुलनका लागि समय पाउँदैनन् र मोटो शरीर लिएर बसिरहेका हुन्छन्। यीनीहरुलाई समय भए त जिम सेन्टर गएर आफ्नो शरिरको तौल सन्तुलनमा राख्थे तर समय नहुने भएका कारण उनीहरु असन्तुलितत शरिर लिएर बसिरहेका हुन्छन्।
तर, यस्तो अवस्थामा के गर्ने त? हामी तपाईंलाई केही टिप्स बताउने छौं, जसले तपाईंको शरिरको तौललाई सन्तुलित र आकर्षक बनाउन मद्यत गर्नेछ।
यसरी घटाउनुहोस् मोटोपना:
यदि तपाईं गृहिणी हुनुहुन्छ भने तौल घटाउन सजिलो छैन तर केही सजिलो उपाय अपनाएर आफ्नो शरीरलाई राम्रो बनाउन सक्नुहुन्छ। तौल घटाउने पहिलो उपाय भनेको भनेको हिँड्नु हो।
हामी यो मान्दैछौं भने घरको कामले तपाईंलाई फुर्सद हुँदैन तर पनि बिहान वा साँझ जुन सुकै समय मिल्छ, त्यो बेला विस्तारै हिँड्न सुरु गर्नुहोस्। विस्तारै बिस्तारै हिडाईंको गतिलाई क्रमशः अघि बढाउनुहोस् र समयलाई पनि बढाउनुहोस्। साथै, केही कार्डियो एक्सरसाइजको पनि गर्न सक्नुहुनेछ।
यो होइन कि जुन सुकै काम र हिँडाई तिव्र गतिमा गर्नुपर्छ तर आफ्नो क्षमता अनुसार हिडाईंको गतिलाई अघि बढाउनुहोस्। मोटोपना घटाउने भन्दैमा जर्वजस्ती र तिव्र गतिले नहिडनुहोस् र न दौडनुहोस्।
यसका साथै खानपीनवाट बच्ने काम गर्नुहोस्। जसमा चिल्लो र धेरै क्यालोरी हुनेवाला खाना नखानुहोस्। अस्वस्थ्यकर खानपिनलाई पुरै बन्द गर्नुहोस्। जति सकिन्छ, घरमा बनाएको कुरा खानुहोस्।
बाहिरका सबै खानेकुराहरुलाई बन्देज गराउनुहोस्। हाइड्रेट रहनुहोस् र खानामा जति सकिन्छ फाइबारयुक्क्त खानेकुराहरु खानुहोस्। साथै, प्रोटिन प्राप्त हुने खानेकुराहरु खानुहोस्।
र, तपाई एकदिनमा कति क्यालोरी उत्पादन गर्नुहुन्छ, त्यो नोट गर्दै जानुहोस्। यसका लागि तपाईंलाई स्मार्ट वाचको आवश्यक्ता पर्न जान्छ।








डिसी नेपाल






Facebook Comment