एसीसी प्रिमियर कप सेमिफाइनलः नेपालले टस हारेर ब्याटिङमा

डिसी नेपाल
१६ वैशाख २०८० ८:३४
4.6k
Shares

काठमाडौं। एसीसी प्रिमियर लिगको आज सेमिफाइनल खेल हुँदैछन्। त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुने सेमिफाइनल खेलमा नेपालले आज कुवतेसँग भिड्दैछ भने मुलपानी मैदानमा युएई र ओमान आमुने सामुने हुनेछन्।

आजको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । कुवेतले टस जितेर नेपाललाई पहिला ब्यटिङको निम्तो दिएको हो । नेपालले आज टिममा एक परिवर्तन गरेको छ ।

नेपाली टिमः
रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, भीम शार्की, कुशल मल्ल, सन्दीप लामिछाने, सोमपाल कामी, करन केसी, ललित राशवंशी

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’बाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो। कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो।

यसैगरी, मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएई आमुने सामुने हुनेछन्। युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समुह ‘बि’ बाट बिजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समुह ‘ए’वाट दोस्रो स्थानमा रहेको टोली हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.