एसीसी प्रिमियर कप सेमिफाइनलः नेपालले टस हारेर ब्याटिङमा
काठमाडौं। एसीसी प्रिमियर लिगको आज सेमिफाइनल खेल हुँदैछन्। त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुने सेमिफाइनल खेलमा नेपालले आज कुवतेसँग भिड्दैछ भने मुलपानी मैदानमा युएई र ओमान आमुने सामुने हुनेछन्।
आजको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । कुवेतले टस जितेर नेपाललाई पहिला ब्यटिङको निम्तो दिएको हो । नेपालले आज टिममा एक परिवर्तन गरेको छ ।
नेपाली टिमः
रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, भीम शार्की, कुशल मल्ल, सन्दीप लामिछाने, सोमपाल कामी, करन केसी, ललित राशवंशी
नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’बाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो। कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो।
यसैगरी, मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएई आमुने सामुने हुनेछन्। युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समुह ‘बि’ बाट बिजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समुह ‘ए’वाट दोस्रो स्थानमा रहेको टोली हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment