चीनमा हुने बेल्ट एण्ड रोड सिरिजका लागि नेपाली यू–१९ महिला टिमको घोषणा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले चीनमा हुने बेल्ट एण्ड रोड सिरिजका लागि यू–१९ महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले सोनी पाख्रिनको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका शाह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा परेका छन्। त्यस्तै, अनु कडायत, मनिषा कुमारी उपाध्याय, सना प्रविण, अलिशा कुमारी यादव र तिर्सना विश्वकर्मा रहेका छन्।
क्यानका अनुसार यु–१९ विश्वकपको तयारीका क्रममा नेपाली टोलीले चीनमा खेल्न लागेको हो। बेल्ट एण्ड रोड सिरिज नोभेम्वर ३ देखि ८ सम्म हुनेछ। सो प्रतियोगितामा आयोजक चीन, नेपाल, हङकङ र थाइल्याण्ड सहभागी हुँदैछन्। चीनपछि नेपाली यु–१९ महिला टोलीले भारतमा समेत क्रिकेट सिरिज खेल्ने बताइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment