कोशी लोकसेवा प्रमुखको राजीनामा स्वीकृत

डिसी नेपाल
१० कार्तिक २०८३ १८:०५

काठमाडौं । कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंको राजीनामा स्वीकृत भएको छ।

प्रदेश प्रमुख परशुराम खापुङले गुरागाईंले दिएको राजीनामा कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका अनुसार गुरागाईंले मंगलबार पदबाट राजीनामा दिएका थिए।

पदको दुरूपयोग गरेको आरोप लागेपछि उनले राजीनामा दिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *