२४ घण्टामा देशभर सवारी दुर्घटनामा १२ को मृत्यु, १६२ जना घाइते

डिसी नेपाल
१० कार्तिक २०८३ १४:४५

काठमाडौं। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १६२ जना घाइते भएका छन्।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ७ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा २ तथा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ।

त्यस्तै देशभर भएका दुर्घटनामा १६२ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा २१ जना घाइते भएका छन् भने कोशीमा ४९ जना, काठमाडौं उपत्यकामा १२ जना, सुदूरपश्चिममा ९ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा ४१ जना, कर्णालीमा १२ जना र गण्डकीमा १२ जना घाइते भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *