मलेसिया पठाइदिने भन्दै ९ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–६ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–१० बस्ने ४४ वर्षीय सञ्जय सुवेदी र चितवनको राप्ती नगरपालिका–१ घर भएकी ३४ वर्षीया मधुमालती स्याङ्ताङ रहेका छन्।
प्रहरीका अनुसार सञ्जयले एक जना पीडितबाट ७ लाख रुपैयाँ र मधुमालतीले अर्का एक जना पीडितबाट २ लाख रुपैयाँ लिएका थिए। मलेसिया पठाइदिने भन्दै रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१४ बाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment