एक्स्ट्रिमले बढाउँदै छ खेलाडीको आत्मबल, उत्कृष्टलाई चाँदीको बल

डिसी नेपाल
१० कार्तिक २०८३ १५:५५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल प्रदान गर्ने भएको छ।

खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई विशेष सम्मान दिने उद्देश्यले कम्पनीले यो पहल सुरु गरेको हो। आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ। ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ।

एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक-एक खेलाडीले यो सम्मान प्राप्त गर्नेछन्। यसले खेलको नतिजासँगै व्यक्तिगत प्रतिभा र प्रदर्शनलाई समेत महत्त्व दिनेछ।

एनपीएलको पहिलो खेलबाटै चाँदीको बल पुरस्कारको सुरुवात भइसकेको छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्।

उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्दै खेलाडीमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना जगाउने एक्स्ट्रिमको यस पहलले एनपीएलको रोमाञ्च बढाउनुका साथै नेपाली क्रिकेटप्रतिको आकर्षण र समर्थकको उत्साहमा थप ऊर्जा दिने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *