नेपाल टेलिकमद्वारा ५९९ मा ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक
काठमाडाैं। नेपाल टेलिकमले आगामी नेपाल प्रिमियर लिग सिजन-३ (एनपीएल-३) लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।
यस प्याकेजअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड ग्राहकले रु ५९९ मा ३० दिन समयावधिका लागि ३३३ मिनेट अल-नेट भ्वाइस कलका साथै प्रतिदिन ८ जिबी डाटा प्राप्त गर्नेछन्। पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूको हकमा यो प्याकेजको शुल्क उनीहरूको मासिक रेन्टल चार्जमै समावेश हुने टेलिकमले जनाएको छ।
ग्राहकले आज (२०८३ कात्तिक १० गते) देखि २०८३ मङ्सिर ५ गतेसम्म यो प्याकेज खरिद गर्न सक्नेछन्। प्याकेज प्राप्त गर्नका लागि मोबाइलबाट *१४१५*९# डायल गर्न वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सकिनेछ।
नेपाली खेलकुद क्षेत्रको विकासमा निरन्तर क्रियाशील रहँदै आएको नेपाल टेलिकम नेपाल प्रिमियर लिग सिजन-३ को ‘अफिसियल टेलिकम पार्टनर’ (Official Telecom Partner) समेत रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment