प्रचण्ड सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ हटाएपछि रास्वपाले समर्थन फिर्ता लिने संभावना

डिसी नेपाल
१७ वैशाख २०८० ९:५०
3.5k
Shares

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ न्यनतम नीति तथा कार्यक्रमवाट हटाएको छ।

नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टचारलाई कारबाही गर्ने बुदाँ नेपाली कांग्रेस सरकारमा आए पछि हटाएको खुलेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने सम्भावना बढेको छ।

सो बारेमा निर्णय लिनका लागि रास्वपाले सोमवार केन्द्रीय तथा संसदीय दलको बैठक बोलाएको छ।

‘सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ। मतदाताले केही थान मान्छेलाई संसदमा पठाएको होइन। एजेन्डासहित पठाएको हो। अझ निर्मम हुनुपर्ने विषयलाई भएको कुरालाई पनि हटाएकोमा हाम्रो गम्भीर आपत्ति छ। त्यसैले यसमा गम्भीर समीक्षा गरेर मात्र अगाडि बढ्छौँ,’ शुक्रबार सपथ पछि लामिछानेले भनेका थिए।

यसैगरी, सोमबार बस्ने संसदीय दलको बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्दैछ, त्यसका लागि संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.