१० आभरमै नेपाललाई चौथो सफलता
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले बलिङमा शानदार सुरुवात गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र संयुक्त अरब इमिरेट (युएई)बीचको फाइनल खेलमा पहिला ब्याटिङ गरेको युएई १० ओभरमै चौथो विकेट गुमाएको छ ।
युएईका कप्तान मुहम्म्मद वासिम ११ रन,आर्यन लाक्रा १३रन, वृत्य अरविन्द ८ रन तथा रमिज शाहजाद १ रनमा आउट भएका छन् । नेपालका करन केसीले २ तथा सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिए ।
अहिले क्रिजमा आसिफ खान र रोहन मुस्ताफा रहेका छन् । युएईले ११ ओभरमा ४० रन बनाएर ४ विकट गुमाएको छ ।
आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । आज दीपेन्द्र सिंह ऐरीलाई बाहिर राख्दै गुल्शन झालाई समावेश गरेको छ ।
आज हुने फाइनल खेलको बिजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् ।
नेपाली टीमः
रोहित कुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, भीम शार्की, कुशल मल्ल, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, करन केसी, सन्दीप लामिछाने, ललित राजवंशी







डिसी नेपाल








Facebook Comment